पार्टी एकढिक्का हुन सके बहुमत ल्याउन सकिन्छ : देउवा

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादले पार्टी एकढिक्का भएको खण्डमा एक्लै बहुमत प्राप्त गर्न सकिने दाबी गरेका छन् ।

सोमबार धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘कुनै पनि पार्टीले बहुमत प्राप्त गर्नु सजिलो छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत हामीसँग छैन । भोलि पनि हुने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, सच्चा खण्डमा एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ ।’

यसका लागि पार्टीभित्र भएका आपसी मतभेद र असमझदारी अन्त्य गर्नुपर्ने देउवाको भनाइ छ । ‘सबै पार्टीका साथिहरूलाई आफ्नो मतभेद, आपसी असमझदारी र आपसी प्रतिस्पर्धालाई एउटा बाटोमा राखेर प्रतिस्पर्धा हुनु आवश्यक छ । यसैबाट पार्टीलाई हानी हुन दिन हुँदैन । हामी सबै लागेको खण्डमा बहुमत आउन सक्छ ,’ देउवाले भने ।

सुदूरपश्चिमबाटै पार्टीलाई बहुमत ल्याउने अभियानको सुरुवात गर्न उनले नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार