ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौं : सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र कार्गो जहाज ठोक्किएपछि ३२ जना घाइते भएका छन् । हाल ठूलो उद्धार कार्य जारी छ ।

ग्रिम्स्बी पोर्ट निर्देशक मार्टिन बोयर्सले एएफपीलाई भने,“घाइतेहरूलाई तीनवटा जहाजमा उपचारको लागि किनारमा ल्याइएको छ । त्यहाँ घाटमा एम्बुलेन्सहरूको लाइन छ ।” पूर्वी योर्कशायरको तटमा ट्याङ्कर र कार्गो जहाज बीचको टक्करको रिपोर्ट आएपछि बेलायती तटरक्षक दलले यो अपरेशनको समन्वय गरिरहेको कोस्टगार्डका प्रवक्ताले बताए । “कोस्ट गार्डले प्रदूषणको सम्भावित प्रतिक्रियाको मूल्याङ्कन गरिरहेको छ ।”

बेलायती टेलिभिजन च्यानलहरूमा प्रसारित तस्बिरहरूले तटबाट लगभग १० माइल (१६ किलोमिटर) टाढा घटनास्थलबाट बाक्लो, कालो धुवाँ र आगोको विशाल मुस्लो उठिरहेको देखाएका छन् । । “धेरै मानिसहरूले जहाजहरू छोडेर गएका थिए भन्ने रिपोर्टहरू पनि आएका थिए,” रोयल नेशनल लाइफबोट इन्स्टिच्युट (आरएनएलआई) ले जनाएको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले हालको ध्यान आगो निभाउने र खोज तथा उद्धार कार्यमा केन्द्रित रहेको जनाएको छ ।

बेलायतको यातायात सचिव हेइदी अलेक्ज्याण्डरले भने,“आज बिहान उत्तरी सागरमा दुई जहाजहरू बीचको टक्करको बारेमा सुनेपछि उनी चिन्तित थिए । यस अवस्थाको बारेमा अधिकारीहरू र एचएम कोस्टगार्डसँग सम्पर्कमा छिन् ।” उनले घटनास्थलमा पुगेका सबै आपतकालीन सेवाहरूलाई पनि धन्यवाद दिनुभयो । पूर्वी योर्कशायरको हल बन्दरगाह शहर नजिकै भएको टक्करको बारेमा अलार्म बजाइएको थियो ।

कोस्टगार्डले ठूलो उद्धार अभियानमा कोस्टगार्डको हेलिकप्टर, विमान, चारवटा शहरका लाइफबोट र नजिकैका अन्य जहाजहरू समावेश रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार