न्युयोर्कका लागि उडेको विमानमा बम राखेको धम्की आएपछि फर्काइयो

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौं : सोमबार बिहान भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एअर इन्डियाको जहाज एआई-११९ मा बम राखिएको धम्की आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ८ घण्टा ३७ मिनेट उडिसकेपछि विमान फेरि मुम्बई फर्काइयो। विमानमा ३२२ यात्रु र १९ जना चालक दलका सदस्य थिए। एयर इन्डियाले उडानको शौचालयमा बम धम्कीपूर्ण पत्र फेला परेको बताएको छ।

सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै विमानलाई बीच बाटोबाटै मुम्बई फर्काउने निर्णय गरियो। विमान बिहान १०:२५ बजे मुम्बई आइपुगेको थियो। तर बम फेला परेन। धम्की झुटो भएको पाइयो। अब उक्त उडान मंगलबार (मार्च ११) बिहान ५ बजेका लागि तय गरिएको इन्डिया एअरलाइन्सले जनाएको छ।

यात्रुहरूलाई होटलमा बसोबास, खानालगायत आवश्यक बन्दोबस्त मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार