नाउपासँग एकता गर्न जनमत पार्टीले बनायो कार्यदल

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौ‌ : नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न जनमत पार्टीले कार्यदल बनाएको छ । सोमबार बर्दिबासमा सीके राउतको नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन् । बैठकमा संगठन विस्तारका पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने निर्णय गरेको छ। अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समुह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ भने प्रदेशलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार