त्यस्तो लडाईंमा त डराइएन, प्रदर्शनले केही भएको छैन : प्रचण्ड

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले लडाईँको बीचमा समेत नडराएको माओवादी राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् । ‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भनी सञ्चारकर्मीहरुले सोधको प्रश्नको जवाफ दिँदै उनले भने, ‘प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन ।’

साथै, राजावादीहरुको गतिविधिको जिम्मा भने सरकारले लिनुपर्ने उनको भनाइ छ । जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको कारण अहिलेको परिस्थिति निर्माण भएको प्रचण्डले बताए । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर बाहिरिएका अध्यक्ष प्रचण्डले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरामा आफूहरु केन्द्रीत रहेको बताए । उनले सरकारको असक्षमताको फाइदा प्रतिक्रियावादीहरुले उठाएको समेत टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार