निर्माणाधीन घरको पिल्लर ढल्दा १४ महिने शिशुको मृत्यु

२०८१ फाल्गुन २७, मंगलवार

सुनसरी : सुनसरीको गढी गाउँपालिका–५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा घाइते भएका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए । पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार