लगातार दुई भूकम्पको धक्का

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : भारतको गुजरातमा मंगलबार लगातार दुईवटा भूकम्प गएको छ । त्यहाँको कच्छ जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प अनुसन्धान संस्थानले जानकारी दिएको हो ।

बिहान ११ बजेर १२ मिनेट जाँदा ३ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको रापरबाट १६ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो । त्यसको एक मिनेटपछि पुनः २.८ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो । यसको केन्द्र भचाऊदेखि उत्तर–पूर्वमा थियो । भूकम्पपछि जिल्ला प्रशासनले सबै क्षेत्रमा सतर्कता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार