सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्: दाहाल

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ताको ड्राइभिङ सिटमै विचौलिया भएको आरोप लगाए छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै दाहालले सरकारले गर्ने नियुक्ति सेटिङ नै विचौलियाले गरेको आरोप लगाएका छन्।

‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथिहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, तयो गर्दैछ भनेर । तर, दुई तिहाइको घोडा कसले चलाएको छ ?,’ दाहालले भने, ‘म जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले देखेको छैन । तपाईंहरूले गर्ने नियुक्ति, सेटिङ, विचौलियाले गरेको देखेको छु । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार