ज्ञानेन्द्र मूर्ति, गैंडाको खाग निर्यात गरेर हिरोइन आयात गर्ने कुख्यात व्यापारी हो : सुदन किराती

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुर्ति, गैडाको खाग, हात्तिको पुच्छरलगायतका निर्यात गरेर नेपालमा लागूऔषध हिरोइन आयात गर्ने कुख्यात व्यापारीको संज्ञा दिएका छन् ।

आज भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री किरातीले त्यस्ता कुख्यात व्यापारीबाट जनताले आशा गर्ने कुनै कुरा नरहेको बताए । पूर्वराजाले राजनीतिमा आउने चेष्टा नगर्दै राम्रो हुने उनको चेतावनी छ । पूर्वराजाका छोरा पारसलाई पनि उनले लागूऔषध भण्डारण र गुण्डाको नाइकेको रुपमा चित्रण गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

राजतन्त्रको एजेणडा बोकेर हिँडेका राप्रपा, राप्रपा नेपाललगातलाई नेता किरातीले जाली, झेली र फटाहाको संज्ञा दिए । अब नेपालमा कहिल्यै पनि राजतन्त्र नफर्किने र बरु गणतन्त्रको उपचार भने गर्नुपर्ने बेला भएको उनको भनाइ छ । नेता किरातीले संविधानलाई प्रगतिशील ढंगले संशोधन गरिनुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार