शिवपुरी जंगलमा पुरुषको शव फेला

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : हराएको १७ दिनपछि एक पुरुषको शव शिवपुरी जंगलमा फेला परेको छ ।

काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजनको शव फेला परकेो जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । तार्केश्वर नगरपालिका–३ तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार मृत अवस्थामा उनी फेला परेका हुन् । यही फागुन १० गतेदेखि उनी हराएको पाइएको एसपी बोहोराले बताए ।

प्रहरीका अनुसार श्रीमतीसँग सामान्य विवाद भएपछि उनी घर छाडेर हिँडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार