सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्ण सिटौला

२०८१ फाल्गुन २८, बुधबार

धनगढी : सत्तारुढ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता सिटौलाले सो कुरा बताएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको उनको भनाइ थियो । नारायणहिटीबाट ज्ञानेन्द्र शाह निर्मलनिवास सर्दा सिटौला गृहमन्त्री थिए । त्यसबेला आफूले गएर ज्ञानेन्द्र शाहसँग करिब एक घण्टा बसेर कुरा गरेको सिटौलाले सुनाए ।

सरकारले निर्णय गरेर नागार्जुनमा बस्न दिएको भन्दै उनले सरकारले चाहे पूर्वराजालाई नागार्जुनबाट समेत हटाइदिन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार