
काठमाडौं : आगामी ७ चैतमा संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
सभामुख देवराज घिमिरेले ७ चैतमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन् । उक्त कार्यक्रममा सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न सक्नेछन् । सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने जानकारी गराए ।
उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ गते आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरेका छन् ।