तारकेश्वरका मेयर महर्जनविरुद्ध अदालतको अबहेलना मुद्दा

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौं : तारकेश्वर नगरपालिकाको मेयर कृष्णहरि महर्जनविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ माग्ने आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले विपक्षी बनाइएका मेयर महर्जनलाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतले बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगराउन भन्दै नेपालरत्न स्कुलमा अध्ययनरत विद्यार्थीको शिक्षाको पुहँचको सुनिश्चितताका लागि नगरपालिकाले विद्यालयलाई पढाइ सञ्चालन रोक्न गरेको निर्णय कार्यान्वयन नगर्न भने पनि मेयर कृष्णहरि महर्जनले भने मापदण्ड नपुगेको भन्दै अनुमति नै रोकिदिएका थिए ।

मेयर महर्जनले अदालतको आदेशविपरीत कक्षा सञ्चालनमा समेत अवरोध गरेपछि नेपाल रत्न स्कुलको तर्फबाट मीरा घर्तीमगरले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार