काठमाडौँमा हावाहुरी र वर्षा

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौँ : काठमाडौँ उपत्यकामा पनि बुधबार बेलुकी हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकाका कतैकतै हल्का वर्षा भइरहेको छ। साथै हावाहुरी पनि चलिरहेको छ।

‘अहिले काठमाडौँ उपत्यकामा पनि कतै कतै, सबै ठाउँमा होइन, मेघगर्जनसहित हल्का पानी परिरहेको अवस्था छ, साथै हावाको वेग पनि सामान्यभन्दा केही बढी छ’, उनले भने, ‘तर दुई/तीन घण्टापछि यो कम भएर जाने देखिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार