डीएसपी कार्की र बस्नेत एसपीमा बढुवा सिफारिस

२०८१ फाल्गुन २९, बिहीबार

काठमाडौं : नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।

बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव एवम् एआईजी दुर्गा सिंहले कासमुका आधारमा अगाडी रहेकालाई बढुवा गरिएको बताइन्।

एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि अनिवार्य अवकाश हुने भएपछि कार्की र बस्नेतलाई उक्त स्थानमा बढुवा गर्न सिफारिस गरिएको हो। उनीहरु दुवै जना ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्। एसपीमा सिफारिस कार्की काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र बस्नेत राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार