बाख्रा चराउन जाँदा भिरबाट खसेर वृद्धको मृत्यु

२०८१ चैत्र १, शुक्रबार

कञ्चनपुर : अछाममा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–४ कालिकास्थानका ६८ वर्षीय बासु शाही छन्।

घर नजिकै बाख्रा चराउने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। भिरबाट ५ सय मिटर तल खसेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार