प्रधानमन्त्रीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

२०८१ चैत्र १, शुक्रबार

काठमाडौँ : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ। बैठक साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्। फागुन २५ गते आइतबार राजावादीले काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरंगित छ। यसै परिप्रेक्ष्यमा संयन्त्रको बैठक बस्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार