सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

२०८१ चैत्र १, शुक्रबार

जनकपुरधाम: महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका एक प्रहरीमाथि बालिका बलात्कारको प्रयास गरेको आरोप लागेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहले १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूले प्रहरी पोस्ट घेराउ गरेका छन्।

सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन्। स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयको विरोध प्रदर्शनको कारण त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

स्थानीयले सशस्त्र पोस्टमा तोडफोडको प्रयाससमेत गरेका छन्। तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव पनि देखिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार