महेन्द्र मोरङका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ

२०८१ चैत्र १, शुक्रबार

मोरङ : प्रहरीले विराटनगरको महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूले तीन वटा कुर्सी तोडफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ ।

इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । ताला लगाएको ठाउँमा इतर समूहका विद्यार्थीले विज्ञप्ति टाँसेपछि बिदाको दिन पौडेलसहितका विद्यार्थीले तोडफोड गर्न खोजेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार