प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त

२०८१ चैत्र १, शुक्रबार

काठमाडौँ : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । यसअघि डा.पाण्डेले १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रूपमा सेवा गरेकी थिइन

धनुषाकी डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञमा एमडी गरेकी छन् । यसअघि भरतपुर अस्पतालकी रजिष्ट्रार रहिसकेकी डा. पाण्डेले प्रसूति तथा स्त्री रोग सम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार