कलंकीमा युवकमाथि खुकुरी प्रहार

२०८१ चैत्र १, शुक्रबार

काठमाडौं : कलंकीमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुई पिपल देउराली घर भइ काठमाडौं बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङ छन् । उनलाई खकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनले २९ फागुनको साँझ करिब ६ बजेतिर कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा मोरङको कटारी गाउँपालिका–४ घर भएका ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेको आरोप छ ।

राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार