काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको थियो।
सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेर १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएकोमा मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेर १ लाख ६९ हजार ९ सय रूपैयाँ कायम भएको थियो।
फेरि बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएको थियो भने शुक्रबार छापावाल सुनको मूल्य एकैपल्ट ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ४२०० रुपैयाँले बढेको छ ।





