पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन : उपप्रधानमन्त्री सिंह

२०८१ चैत्र २, शनिबार

काठमाडौँ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री सिंहले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको बताएका हुन्। उनले मन्त्रिपरिषद्‌बाटै यससम्बन्धी कानुन ल्याउने निर्णय नभएको र मिडियाले अफवाह फैलाएको जिकिर गरे।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार