नेपाल लाइफको सञ्चालकमा ढकाल, लामिछाने र महर्जन निर्वाचित

२०८१ चैत्र ३, आईतवार

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचित भएका छन्।

 

कम्पनीको २५ औँ वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीको सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते वीरगन्जको होटल भिष्वामा भएको थियो। जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन्।

निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार