रास्वपाले बोलायो सचिवालय बैठक

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ। बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा अघिल्ला बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिबारे छलफल हुने झाको भनाइ छ। उनका अनुसार बैठकमा पार्टीको आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधिसहितका विषयमा पनि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार