
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाई गरेको छ ।
सशस्त्र मुख्यालय हल्चोकमा आज आइतबार एक कार्यक्रमकाबीच सशस्त्र आईजी राजु अर्यालले कुँवरलाई बिदाई गरे । बिदाई कार्यक्रमा सशस्त्र प्रहरीका उच्च अधिकारीहरुको सहभागिता थियो । कुँवर प्रहरीको ३० वर्षे सेवा अवधिका कारण ४ चैतको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
३० वर्षे लामो प्रहरी करिअरबाट बिदा हुँदै गरेका कुँवरलाई सोमबार प्रहरी हेडक्वाटरले बिदाई कार्यक्रम गरी पठाउने तयारी गरको छ ।