भारतबाट १२ घण्टा मात्र बिजुली आए पनि जनतालाई लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : भारतबाट दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न पाइए पनि जनताको घरमा लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आन्तरिक माग पुर्‍याउन भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा अर्थात् हरेक दिन बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै ल्याउन पाइन्छ । प्राधिकरणले शनिबारसम्म दिनको २० घण्टा बिजुली आयात गर्दै आएको थियो । हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जनताका घरघरमा लोडसेडिङ नहुने दाबी गरे ।

‘कुलेखानी, कालिगण्डकी, माथिल्लो तामाकोशीलगायत जलविद्युत् आयोजना दिउँसो बन्द गरेर राति चलाउँछौं,’ घिसिङले भने, ‘राति अलिअलि बिजुली अपुग हुने हो, त्यसलाई हामी व्यवस्थापन गर्दै छौं, जनताको घरमा लोडसेडिङ हुँदैन ।’ प्राविधिक तथा प्राकृतिक कारणले बिजुली प्रवाह रोकिनेबाहेक लोडसेडिङ नहुने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार