मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०८१ चैत्र ४, सोमबार

काठमाडौँ : काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

टोखा नगरपालिका–१ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल र बागमती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकलका चालक टोखा नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको रहेका छन् ।

उनको उपचारका क्रममा आज ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार