
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले पार्टीका सांसद ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले सांसदलाई आउ, मिस्टर तिमी भनेको भन्दै आपत्ति जनाए ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साही र एमाले सांसद रघुजी पन्तबिच भनाभन भएको थियो । पन्तले सांसद शाहीलाई तिमी भनेका थिए । सांसद सिंहले ज्ञानेन्द्रले चुनाव जितेर आएकाले उनलाई होच्याउन नपाइने बताए ।