
काठमाडौं : पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ ।
फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् ।
फर्जी मत खेसेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।