सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०८१ चैत्र ५, मंगलवार

काठमाडौं : तनहुँ र भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका-४ ओटाङदीमा ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सोही गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय सुकबहादुर विक रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-९ बोडेमा मुलपानीतर्फ जाँदै गरेको बा ७१ प ५८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुङगा चिसंखुगढी गाउँपालिका-४ घर भई भक्तपुर बोडे बस्ने २३ वर्षीय धिरण राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज जोरपाटीमा थप उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार