प्रदेशको आफ्नै प्रहरी सङ्गठन र कर्मचारी संरचना हुनुपर्छ: विमलेन्द्र निधि

२०८१ चैत्र ६, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न प्रदेशहरूका आफ्नै प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना हुनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि गणतन्त्रको जग बलियो बनाउन प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।

उनले संविधानसभाले संविधान बनाए पनि संविधान संशोधनको काम अहिलेको संसद्ले गर्नुपर्ने भन्दै सङ्घीय प्रणालीका लागि संविधान जारी भएपछि थप गर्नुपर्ने काममा कार्यसूची नै बनाएर अघि बढ्नुपर्ने बताए ।

‘सातवटै प्रदेशसँग उसको आफ्नो प्रहरी सङ्गठन र कर्मचारी संरचना हुँदैन भने सङ्घीयता सफल र प्रभावकारी कार्यान्वयन हुँदैन’, निधिले भने- ‘सबै प्रदेशलाई आफ्नो प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार