एआईजीको रिक्त ६ पदमा ११ जना डीआईजी प्रतिस्पर्धामा

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं : प्रहरीले नयाँ नेतृत्व पाएसँगै ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पद खाली भएको छ । बढुवा प्रतिस्पर्धीमा ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) छन् ।

रिक्त एआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धीहरूले अहिलेदेखि नै लबिङ शुरू गरिसकेका छन् । डीआईजीहरू खापुङ, मधेश प्रदेशका डीआईजी लाममणि आचार्य र बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्मा बढुवाका प्रमुख दाबेदारमध्येका हुन् । उनीहरू २९ चैत २०७९ मा डीआईजी बढुवा भएका थिए ।

१११ टोलीका डीआईजीहरू दानबहादुर कार्की, मनोज नेउपाने, राजन अधिकारी पनि एआईजी बढुवाका दाबेदार हुन् । कार्की हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालय, केसी प्रहरी एकेडेमी र अधिकारी कोशी प्रदेश प्रहरीमा कार्यरत छन् । २०५३ मा इन्स्पेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका डीआइजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क. पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

यीनै ११ जना मध्येबाट ६ जनालाई एआईजी बनाउनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार