खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोषनै फुट्यो

२०८१ चैत्र ७, बिहीबार

काठमाडौँ : कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ ।

सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे । मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा बाटोमै उनको मोबाइल पड्कियो । मोटरसाइकलमा सवार उनी मोबाइल विस्फोट भएपछि अनियन्त्रित भएर लडे । गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्‍याए ।

प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरियो । उनको अण्डकोष फुट्नका साथै मोटरसाइकलबाट लडेर टाउकोमा चोटसमेत लागेको छ । अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए ।

विशेषज्ञका अनुसार मोबाइल पुरानो भएसँगै ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस्ता दुर्घटना निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार