बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते

२०८१ चैत्र ८, शुक्रबार

विराटनगर : विराटनगर महानगरपालिका-२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएका छन् । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्थानीय अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले राति साढे ८ बजे खुकुरी प्रहार गरेका हुन् ।

घर अगाडि खुकुरी प्रहार गरेर सापकोटा भान्सा कोठामा पसेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा उनी भान्सा कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भइसकेका थिए । फरार रहेका सापकोटाको खोजी भइरहेको जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार