कार्यकर्ताले कालोझण्डा देखाए पनि खुसी छु : खेलकुदमन्त्री चौधरी

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिहीबार दिउँसो आफ्नै पार्टी केन्द्रीय कार्यालयमा कालोझण्डासहित आफ्नै कार्यकर्ताको नाराबाजी सामना गर्नुपर्‍यो ।

पार्टीको खेलकुद विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न खेलकुदमन्त्री चौधरी सानेपा पुगेका थिए । उनलाई पार्टी कार्यालयको ढोकामै केही कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरे ।

‘लोकतन्त्रमा हुने यस्ता विरोधलाई सामान्य रुपमा लिन्छु । कुनै तोडफोड झगडा भएको छैन । म खुसी नै छु,’ चौधरीले भने ।आफूहरू लोकतान्त्रिक प्रक्रियाबाट आएको, लोकतन्त्रलाई विश्वास गर्ने मान्छे भएको भन्दै उनले यसलाई चर्को रुपमा लिन नहुने बताए ।

‘हामी लोकतान्त्रिक मान्छे हो । लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो । हुलदंगा गरिएको होइन् । म गएपछि नारा लगाएको हो । कुनै धरपकड भएको छैन । प्रजातन्त्र हो, यसमा विश्वास गर्नुपर्छ,’ उनले भने । ओलम्पिक कमिटी र संघका कारबाहीका कारण केही कार्यकर्ताहरू आक्रोशित भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार