सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : कर्मचारी सञ्चय कोषले ३८ जना कर्मचारी नियुक्त गर्न दरखास्त माग गरेको छ । आज (शुक्रबार) गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो ।

प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक–फरक तोकिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार