चन्द्रागिरिको केउरानी वनमा भीषण आगलागी

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौँ : काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।

शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् । डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।

६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन  भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार