ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति देउजा माओवादीमा प्रवेश

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फत नेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन् ।

देउजा लगायत विभिन्न पार्टी परित्याग गरी  माओवादी केन्द्रमा प्रवेश गरेकालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
3
+1
1
+1
0

ताजा समाचार