बसमा एक्कासि बेहोस भएकी महिलाको मृत्यु

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : झापाको बिर्तामोडमा सार्वजनिक बसमा सवार एक महिलाको मृत्यु भएको छ।

आज झापाको दमकबाट बिर्तामोडतिर गइरहेको मे १ क २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार ४३ वर्षीय कुमारी चेम्चोङको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा सवार चेम्जोङ झापाको झिलझिले भन्ने ठाउँ पुगेपछि एक्कासि बेहोश भएकी थिइन्। त्यसपछि उनको त्यहीँको लालिगुँरास हेल्थ क्यैरमा उपचार गरिएको थियो।

त्यहाँ नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। तर, उनलाई साँझ ६ बजेर ५० मिनेट गएको बेला डाक्टरले मृत घोषित गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार