जनमत पार्टीका केन्द्रीय सदस्य यादव जसपा नेपाल प्रवेश

२०८१ चैत्र ९, शनिबार

रुपन्देही : जनमत पार्टीका केन्द्रीय सदस्य निलम यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेकी छन् ।

शनिबार जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु जसपा नेपाल प्रवेश गरेको प्रचार विभागले जानकारी दिएको छ । पार्टी प्रवेश गर्नेमा जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सीता गुरुङका श्रीमान् कैलाश गुरुङसमेत रहेका छन् ।

नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार