मोटरसाइकल दुर्घटनामा घाइते चालकको मृत्यु

२०८१ चैत्र १०, आईतवार

काठमाडौं : गत चैत २ गते राति दुर्घटनामा परेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ।

झापाको बाह्रदशी गाउँपालिका-६, नारायण चोक नजिकै उत्तर-दक्षिण भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय विकास भट्टराई घाइते भएका थिए। भट्टराई सवार मे ३ प ६२२६ नम्बरको मोटरसाइकल चारपानेबाट बिहीबारेतर्फ जाँदै गर्दा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। सोही दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय भट्टराई गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा शनिबार राति २१ः२५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार