अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती

२०८१ चैत्र १०, आईतवार

इलाम : अन्न नफल्ने माङसेबुङ गाउँपालिका–६, हात्तीढुङ्गाको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती सुरु भएको छ। हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह बनाएर यो काम थालेका छन्।

हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार, वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी भिरालो जमिनमा तरुल खेती सुरु भएको हो। समूहलाई माङसेबुङ गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको छ। यो रकम परम्परागत कन्दमूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत दिइएको हो।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुर पनि खेती गर्न थालेका छन्। अहिले बगानमा १६ हजार वनतरुल, ४५० भ्याकुर र १५० गिठाका बोट रोपिएका छन्। तरुलको उत्पादन भने तीन वर्षपछि मात्र हुन्छ। खेतीका लागि बीउ जङ्गलबाटै ल्याइएको छ।

राईको बुझाइ छ, गहिरो खाल्डो खनेर मल हालेपछि एकपटक बीउ रोपे पुग्छ, बारम्बार रेखदेख गर्नु नपर्ने भएकाले तरुल खेती अन्य बालीभन्दा सजिलो छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार