सानिमा बैंकद्वारा ग्लोबल मनी विकमा देशैभरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८१ चैत्र १०, आईतवार

काठमाडौं : सानिमा बैंकले चैत ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनी विक अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ । बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार