काठमाडौँ : सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा हवल्दार पनि पक्राउ परेका छन् ।
पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन् । इन्स्पेक्टर महत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा यसअघि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका थिए । जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए । उनीहरूविरुद्ध अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको एसपी ओलियाले बताए ।





