अमेरिकाबाट निकालिएका १९९ आप्रवासी आफ्नो देश भेनेजुएला फर्किए

२०८१ चैत्र ११, सोमबार

काठमाडौँ : संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन्।

‘आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौँ,’ उनले विमानस्थलमा भने, ‘हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौँ।’

प्रत्यक्ष फुटेजमा स्वेटसुट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ। तीमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडान पुनः सुरु गर्न वासिङ्टनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार