कुलमान हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन: महामन्त्री शर्मा

२०८१ चैत्र १२, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असहमति जनाएका छन्। उनले सरकारको यो कदम कांग्रेस पदाधिकारी तहको सहमतिविपरीत भएको बताए।

सोमबार मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई हटाएपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, कुलमानलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्ने स्पष्ट पारेका छन्।

शर्माले लेखेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो। कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समयोचित विल्कुलै भएन। असन्तुष्टिलाई निराशाको भासमा धकेल्ने र प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय लियो। यसप्रति खुला र प्रष्ट रूपमा विमति छ।’

उनको भनाइले सत्ता गठबन्धनभित्रै पनि सरकारको निर्णयप्रति असहमति रहेको प्रस्ट देखाएको छ। कुलमान घिसिङको बर्खास्तीलाई लिएर राजनीतिक वृत्तमा विवाद चुलिएको छ भने सामाजिक सञ्जालमा पनि सरकारको आलोचना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार