प्रधानमन्त्री बालेनले सचिवालयबाट हटाए माधव खनाललाई

२०८३ श्रावण १०, आईतवार

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक क्रियाकलाप र भूमिको विश्लेषणपछि प्रधानमन्त्री शाहको टोलीले उनलाई टिमबाट बिदा गर्ने निष्कर्ष निकालेको हो ।

सिंहदरबार सम्वद्ध स्रोतका अनुसार, प्रधानमन्त्रीको सचिवालयमा रहेका खनालमाथि गत १ असारको पासपोर्ट प्रकरणमा गरेको व्यवहार र भूमिकामाथि प्रश्न उठेको थियो । त्यो दिन राहदानी विभागका अधिकारी र अख्तियारका पदाधिकारीसामू उनी निकै चर्को र उग्र रुपमा प्रस्तुत भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार