राप्रपाले चैत्र २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

२०८१ चैत्र १२, मंगलवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ ।

आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताए । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निस्कर्ष निकालेको छ ।

यस्तै, पार्टीका आन्दोलनलाई बेग्लै अगाडि बढाइने लिङदेनले जानकारी दिए । जसअनुसार २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गरिने छ ।

१५ गतेको प्रदर्शनबारे बेग्लै निर्णय नगरिएको लिङदेनले बताए । उनले भने, ‘आजबाट राप्रपा पूर्णरुपमा आन्दोलनमा होमियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार