एउटा व्यक्तिलाई संस्था मानेर अबको युग चल्दैन : प्रधानमन्त्री ओली

२०८१ चैत्र १३, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिलाई संस्था मानेर अबको युग नचल्ने बताएका छन्। नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएकी हुन्।

‘यो देशलाई बचाउनुपर्छ, विकास गर्नुपर्छ, यहाँ सुशासन हुनुपर्छ, यहाँ डेमोक्रेसी हुनुपर्छ। एउटा व्यक्तिलाई संस्था मानेर, एउटा व्यक्तिका खान्दानलाई संस्था मानेर हिँड्ने पछौटे र सामन्त चिन्तनमा अबको युग जानै सक्दैन। यस्ता कुरामा कोही भ्रममा नपर्दा हुन्छ भन्ने लाग्छ मलाई,’ उनले भने।

उनले देश बनाउन खोज्ने सबैलाई सम्मान गर्ने बताए। ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्छु,’ उनले भने, ‘देश बनाउने खोज्नुपर्‍यो, बिगार्नचाहिँ पाइँदैन। आइडोलोजी आ-आफ्नो हुनसक्छ। तर, देशचाहिँ साझा हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार